हेटौंडा- लागुऔषध नाइट्रोभेट र गाँजासहित मकवानपुरबाट पाँचजना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१० बाट दुईजना र मनहरी गाउँपालिका–८ बाट तीनजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
बिआरई २८३९ नम्बरको ट्रकबाट १२७ किलो गाजाँसहित तीनजनालाई पक्राउ गरेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरिक्षक देव दासले बताएका छन् । पक्राउ पर्नेमा भारतका ३८ वर्षीय राजराज सहनी, १८ वर्षीय राहुल सहनी र वीरगञ्जका ३० वर्षीय रियाजुल अंसारी रहेका छन् ।
त्यसैगरी प्रहरी निरीक्षक दासले एक हजार १२५ ट्याब्लेट नाइट्रोभेटसहित हेटौंडा–१३ का १९ वर्षका सुवास गोले र सोही उमेरका सरोज थिङ पक्राउ परेको जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस