पोखरा- लागुऔषध ब्राउन सुगर सहित पोखरामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराको विजयपुर शान्ति मार्गमा लागु औषध ब्राउन सुगर बोकेर हिँडिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा माछापुच्छ्रे ४ घर भई विजय पुर बस्दै आएका १९ वर्षीय सुरज रानाभाट, विजयपुरका २५ वर्षीय आगमन राई र पोखरा नयाँ बजारका ४० वर्षीय मनसुराम सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरिक्षक दिपक केसीले प्रहरीले उनीहरुलाइ शंकाको आधारमा चेकजाच गर्दा ब्राउन सुगर भेटेको जानकारी दिए ।
उनीहरुको साथबाट ब्राउन सुगर ७ ग्राम ५७५ मिलिग्राम, मोवाइल २ थान र १० हजार रूपैँया बरामद गरेको छ । पक्राउ परेका तीन जना उपर प्रहरीले लागुऔषध मुद्धा दर्ता गराइ १० दिन म्याद थप गरि थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक केसीले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस