काठमाडौँ – ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका ५ ढाडखर्कमा अंशबन्डासम्बन्धी विवाद हुँदा ६७ वर्षीय शेरबहादुर तामाङले आफ्नै दाजु ६८ वर्षीय मित्रबहादुर तामाङको हत्या गरेका हुन् ।
आक्रमणपछि टाउकोमा गहिरो चोट लागेर मित्रबहादुरको घटना स्थलमा नै मृत्यु भएको ओखलढुंगा प्रहरी प्रमुख डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए । घटनापछि प्रहरीले शवलाई पोष्टमार्टमका लागि रामेछाप पठाएको छ ।
हत्या आरोपमा मृतकका भाइ शेरबहादुर र उनका छोरा ३६ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका छन् । उनीहरुलाई हत्यामा प्रयोग गरेका खुकुरी र दापसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । आरोपितलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस