झापा- प्रहरीले झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।
बिहीबार राति प्रहरीले अर्जुनधाराबाट दुई र दिउँसो मेचीनगरबाट एक भारतीय नागरिकलाई खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक होटलबाट पाँचथर फिदिमका २७ वर्षीय रोशन सुवेदी र २८ वर्षीय सुमन कार्कीलाई छ ग्राम ७०० मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको उनले बताएका छन् ।
त्यस्तै बिहीबार दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित तुर्केनीखेल मैदान छेउबाट भारत दार्जिलिङका २४ वर्षीय रतन सिंहलाई पाँच ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस