विराटनगर- लागुऔषध गाँजासहित विराटनगरबाट शनिबार दिउँसो एकजना महिला पक्राउ परेकी छन् । प्रहरीले पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ जतुवाकी २५ वर्षीया आरतीदेवी यादव रहेकी जनाएको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले छापा हानेर उनको घरबाट १७ किलोग्राम गाँजा बरामद गरेको हो ।
घरमै गाँजा किनबेच भइरहेको पाइएपछि यादवलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जनाएका छन् । गाँजाको कारोबारमा उनी मात्रै संलग्न हुन् कि अरुको पनि संलग्नता छ भन्ने बारेमा अनुसन्धान थालिएको जिसीले जानकारी दिएका छन् । भारत निकासी गर्नका लागि पहाडी जिल्लाबाट गाँजा ल्याइएको हुनसक्ने उनको भनाइ छ ।
नेपालमा गाँजा प्रति किलो २० हजार रुपैयाँसम्ममा किनबेच हुने बताइएको छ । भारत पुर्याउँदा दोब्बर मूल्य अर्थात ४० हजार रूपैयाँभन्दा बढी पाइने भएपछि लागुऔषध गाँजाको अवैध ओसारपसार एवं कारोबार हुने गरेको प्रहरीको अनुमान छ ।
एसपी जिसीका अनुसार पछिल्लो समय गाँजाको कारोबार बढेको पाइएपछि नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको छ । लागुऔषध गाँजाको कारोबार रोक्न प्रहरीको विशेष टोली नै परिचालन गरिएको उनले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस