चितवन-भरतपुर महानगरपालिका- ४ लंकुका ५८ वर्षीय भीमबहादुर बिकको मृत्यु टाउकोमा लागेको चोटकै कारण भएको पुष्टि भएको छ ।
बिकको टाउकोको पछाडिपट्टिको भागमा लागेको चोटका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्ट प्राप्त भएको प्रहरीले जनाएको छ । भरतपुर अस्पतालमा बिकको शवको पोस्टमार्टम गरिएको हो ।
लंकुस्थित दुर्गा चोकमा दसैँको महानवमीका दिन दुई जना पुरुषको कुटाइबाट बिकको मृत्यु भएको थियो ।कुटपिटमा संलग्न स्थानीय ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठलाई प्रहरीले सोही दिन पक्राउ गरेको हो । उनीहरू हाल प्रहरी हिरासतमा छन् ।
बिकको पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ । रिपोर्टअनुसार टाउकोको पछाडिको भागमा लागेको चोटकै कारण विकको मृत्यु भएको भन्ने छ’, उनले भने ।
महानवमीको दिन भीमबहादुर बिहानैदेखि मदिरामा लट्ठ थिए । उनले बीचमा मदिरा पिउन छाडेर पुनः सुरु गरेको तीन दिन मात्रै भएको थियो । मदिरामा लट्ठ भएका बिक बिहान साढे ९ बजेको समयमा अपशब्द प्रयोग गरी होहल्ला गर्दै दुर्गा चोकमा पुगेपछि स्थानीय सीताराम बस्नेतले उनलाई प्लास्टिकको पाइपले हानेर लखेटे । त्यसको करिब १० मिनेटपछि पुनः अपशब्द प्रयोग गरी हल्ला गर्दै बिक चोकमा पुगे ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार त्यस क्रममा बिकले पल्लवी फार्मेसीका संचालक दिलीप श्रेष्ठलाई अपशब्द बोल्दै गाली गलोज गरेका थिए ।
गाली गलोज र होहल्ला गर्दै बाटोपारि पुगेका बिकलाई आक्रोशित बनेका श्रेष्ठले त्यहीँ पुगी एक झापड हानेर धकेले । धकेलेपछि बिक भुइँमा उत्तानो परेर पछारिए । पिच सडकमा पछारिएका बिकको टाउकोको पछाडिपट्टिको भागमा चोट लाग्यो । उनी बेहोस भए ।
बिक बेहोस भएपछि झापड हान्ने श्रेष्ठ आत्तिए । आफ्नो फार्मेसीमा लगेर सामान्य उपचार गराउने प्रयास गरे । संभव नहुने देखेपछि आफ्नै गाडीमा हालेर श्रेष्ठले बिकलाई चितवन मेडिकल कलेज पुर्याए । त्यहाँसम्म पुग्दा बिकको मृत्यु भइसकेको थियो ।
सीसी क्यामेराले काम गरेन
घटनाको थप अनुसन्धानका लागि सीसी क्यामेरा प्रभावकारी हुने प्रहरीको अपेक्षा थियो । दुर्गा चोकको एउटा मात्र पसलमा सीसी क्यामेरा जडान गरिएको पाइएपछि प्रहरीले सीसी क्यामेराको हार्ड डिस्क लिएर गएको छ । यद्यपि, उक्त सीसी क्यामेराले पहिलेदेखि नै काम नगरेको पाइएको छ ।
दुर्गा चोकबाट करिब ३०० मिटर दक्षिणतर्फ मृतक बिकको घर छ । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस