सुर्खेत – चितुवाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सुर्खेतको बराहाताल गाउपालिका –५ बड्डिचौरस्थित एक होटलबाट चितुवाको छालासहित छाम पंचदेवल नगरपालिका– ८ का ३५ वर्षीय कमल शाही, सोही ठाउँका २२ वर्षीय चक्रबहादुर शाही, अछाम रामारोशन गाउँपालिका–४ का २१ वर्षीय ओपेन्द्र शाह र दैलेख चामुन्डाबिन्द्रासैनी नगरपालिका–२ का ३५ वर्षीय विमल शाही पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विशेष सूचनाको आधारमा प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएकाे संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । उनीहरूबाट प्रहरीले तीन वटा चितुवाको छाला बरामद गरेकाे छ । घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस