काठमाडौं- काठमाडौंको बुढानिलकण्ठमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरिएको छ । घरासयी विवादमा बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने २१ वर्षीय भक्तबहादुर थापाले २४ वर्षीया श्रीमती लक्ष्मी तामाङको हत्या गरेका हुन् ।
घरासयी विवाद हुँदा बिहीबार राति १०ः४० बजेतिर मासु काट्न प्रयोग हुने दाउले घाँटीको अगाडिको भागमा प्रहार गरेका थिए । दाउ प्रहारबाट गम्भीर घाइते लक्ष्मीलाई चुनिलेखस्थित करुणा अस्पताल लगिएको थियो । उपचारको क्रममा शुक्रबार राति ११ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि भक्तबहादुर फरार भएका थिए । फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यानसम्बन्धी कसुर अपराधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले आवश्यक अनुसान्धान गरिरहेको छ । प्रहरीले घटनामा प्रयोग गरिएको दाउसमेत बरामद गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस