काठमाडौं- काठमाडौंबाट १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। अनलाइन गेम ‘फ्री फायर’ खेल्ने बहानामा बलात्कार गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–८ मातातीर्थका २७ वर्षीय महेश उदास पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनले नाबालिकालाई पाल्पाबाट ल्याई बलात्कार गरेका थिए । बलात्कृत बालिकालाई प्रहरीले मातातीर्थबाट उद्धार गरेको थियो । काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको बताएका छन् ।
प्रहरीका अनुसार ती बालिका पाल्पास्थित घरमा बस्दै आएकी थिइन् । उनी अनलाइनबाट खेलिने गेम ‘फ्री फायर’ खेल्ने गर्थिन् । यही क्रममा उनको भेट महेशसँग भयो । महेशले उनलाई विभिन्न बहानामा फेसबुकमा साथी बनाएर प्रलोभन देखाई काठमाडौं ल्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस