बैतडी- बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका-१ का वडाध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
एक २८ वर्षीया महिलालाई गत २०७८ साल चैत १५ गते बलात्कार गरेको आरोपमा वडाध्यक्ष नेगीसँगै सोही ठाउँका केशवसिंह नेगीलाई पनि असार १४ गते पक्राउ गरिएको थियो । दुबैजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
उनीहरुविरुद्ध जबर्वस्तीकरणी मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरी अदालतमा पेस गरेको थियो । पीडित महिला परिवारकै संरक्षण रहेकी छन् । नेगी वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका-१ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस