महोत्तरी- पसलको भवन फोडेर लाखौँका सामान चोरी गर्ने दुई जना पक्राउ परेका छन् । बर्दिबास–१४ स्थित दिनेश कृषि इञ्जीनियरिङ वर्कसपका सामान चोरी गर्ने बर्दिबास-१४ का २१ वर्षीय नवीन जर्घामगर र २४ वर्षीय शनि महतो पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार गत आइतबार राति वर्कसपबाट जेसिवीको हाइड्रोलिक पम्प पाँच थान, आठ एमएमको प्लेट एक सय ८० किलो, वेल्डिङ रड पाँच कार्टुन, टेबुल पङ्खा लगायतका रु सात लाख ६५ हजार मूल्य बराबरको सामान चोरी भएको थियो । चोरिएका सामानसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
जिल्लाका बर्दिबास र गौशाला बजारमा पसल चोरी हुने क्रम बाक्लिएको जनाइएको छ । यसअघि साउन चौथो सातामा मोटरसाइकल चोर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ । सो गिरोहबाट प्रहरीले हालसम्म चार चोरीका मोटरसाइकल बरामद गरिसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस