काठमाडौं- २७ वटा वाणिज्य बैङ्क रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीमा जान सम्झौता गरेका छन्। भने बाँकी राष्ट्रिय वाणिज्य बैंकले पनि सोही सम्झौता सोमबार राष्ट्र बैंकसँग गर्दैछ।
यो प्रणाली लागू भएपछि चेकको झन्झट कम हुने, समयको बचत हुने तथा बैङ्किङ प्रणालीमा देखापरेका साइबर अपराधसम्बन्धी समस्याबाट पनि बच्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ।
राष्ट्र बैङ्कले गत शुक्रबार बैङ्क तथा वित्तीय संस्थाका नाममा निर्देशन जारी गर्दै आरटीजीएस प्रणालीमा आउन निर्देशन जारी गरेको थियो। राष्ट्र बैङ्कले विकास बैङ्कहरुलाई भने पुस मसान्तसम्म यस प्रणालीमा आउन भनेको छ ।
आरटिजिएस लागू भएपछि चेकको क्लियरिङ गर्नुपर्दैन।
एक बैङ्कबाट कुनै अर्काे व्यक्तिको नामको खातामा पैसा तुरुन्तै पठाउन सकिने राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागले जनाएको छ।
एउटा निवेदन दिएपछि बिनाझन्झट बैङ्कले एक खाताबाट अर्काे बैङ्कको खातामा पैसा तुरुन्तै पठाइदिन्छ।
यसरी एक बैङ्कले रकम पठाउनेबित्तिकै अर्काे बैङ्कले तुरुन्तै रकम सम्बन्धित खातावालालाई भुक्तानी गर्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस