काठमाडौं-आजबाट ललितपुर सानेपाको होटल गार्डेनमा सातौँ मेड इन नेपाल एक्पो सुरु भएको छ। दुइदिने एक्पोको उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले उद्घाटन गरे।
एक्पोको उद्घाटन गर्दै मन्त्री यादवले मेडइन नेपाल एक्पोले नेपालमा सियो पनि बन्दैन भन्नेहरुका लागी गतिलो जवाफ दिएको बताए। युवाहरुले आफ्नै लगानीमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण एक्स्पो मार्फत प्रस्तुत गरेको उनको भनाई थियो।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र उत्साही बनाउन मन्त्रालयले काम गर्दै आएको भन्दै उहाँले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए।
मन्त्री यादवले भने,‘युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न सरकार तयार छ, गरी पनि रहेको छ,गर्ने तपाईहरुले नै हो सरकारले सहजीकरण गर्छ। देशमा व्यवसाय गर्ने वाताबरण छैन भन्ने कहिँ कतै सुनिन्छ तर युवाहरुले आफैले केही गर्न सकिन्छ भनेर लग्नुभएको छ।
सरकारले उनीहरुको आँट र हिम्मतलाई सम्मान गर्छ र हौसला दिन्छ। उनीहरुका केही समस्याहरु छन् भने मन्त्रालयमा बोलाएर पनि छलफल गर्न सकिन्छ,उनले भने।
उनले कतिपय युवा उद्यमीहरुले स्वदेशी उत्पादनहरु निर्यात पनि गरिरहनु भएको छ। निर्यातमा देखिएका समस्या समाधान र सहजीकरण गर्न पनि सरकार तयार छ, उनले भने।
मेला आयोजक नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष निकोलश पाण्डेले स्वदेशमै उद्यम गरिरहेका र बजारको पहुँच नपाएका उद्यमीहरुलाई स्पेश उपलब्ध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको बताए। युवा उद्यमीहरु प्रशस्त हुनुहुन्छ, उनले भने, आफुले उत्पादन गरेका सामग्रीहरुले सहज बजार पाउन सकेको अवस्था छैन,उद्यमीहरुले उत्पादित समाग्रीहरुको बजारीकरण गर्न सकोस् र दुईचार पैसा आम्दानी पनि गर्न सकोस् भनेर एक्पोको आयोजना गरेका हौँ।
धेरै युवाहरु स्वदेशमा अवसर नपाएको भन्दै विदेशीने मोह बढीरहेको अवस्थामा युवा उद्यमीहरुलाई उद्यम गर्न थप प्रोत्साहन होस् भनेर पनि एक्सपोको आयोजना गरिएको अध्यक्ष पाण्डेको भनाई छ। उनले सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउने र सर्टिफिकेट राखेर विना धितो ऋणलिन पाउने व्यवस्थालाई सहज बनाइदिए धेरै युवाहरु उद्यमी बन्न सक्ने बताए।
अध्यक्ष पाण्डेले नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा नयाँ उद्यम गर्न चाहानेहरुलाई क्यानडाबाट विजनेश एक्पर्टहरु झिकाएर विजिनेश तालिम पनि प्रदान गरिँदै आएको जानकारी दिए।
हाल नेपाल युवा उद्यमी मञ्चमा देशभरका ४ सय ५० भन्दा बढी उद्यमीहरुको सहभागिता रहेको छ। प्रदर्शनीमा नेपालमा उत्पादीत कपडा, मूर्ती, विभिन्न जडिवुटी, अर्गानिक तरकारी,पश्मिना अचार, मह, लगायत विभिन्न कम्पनीका उत्पादन तथा फुड, बैकिन गरी १ सय वटा स्टलहरुको सहभागीता रहेको छ। मेला शनिवार सम्म चल्नेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस