रामपुर-पाल्पाको रामपुर नगरपालिकामा प्रदेश नम्बर ५ सरकारको पहलमा कुलो निर्माण भइरहेको छ। रामपुर –१० का अधिकांश फाँट क्षेत्र सिंचाइ गर्ने कुलो २०७२ सालको भूकम्पले क्षति पु-याएपछि पुनःनिर्माण भइरहेको हो। बर्दलेफाँट सिंचाइ आयोजनाको विसं २०४९ मा निर्मित कुलो प्रदेश सरकारको आर्थिक तथा सिंचाइ विकास डिभिजन कार्यालय पाल्पाको प्राविधिक सहयोगमा निर्माण भइरहेको कुलो निर्माण उपभोक्ता समितीका अध्यक्ष बैकुण्ठ खनालले जानकारी दिएका छन्।
रामपुरको झ्याम्म खोलादेखि एक्लाचौर, राहुडाँडा, मनभागा, सानोगेझा, ठूलोगेझा, गोकर्णे हुँदै बर्दलेसम्मको पाँच किलोमिटर पुनःनिर्माण भइरहेको खनालले जानकारी दिए। गत जेठ २२ मा ठेक्का सम्झौता भएको कुलो गत असार पहिलो हप्तादेखि निर्माण थालिएको समितिले जनाए। प्रदेश नम्बर ५ सरकारले रु. ४ करोड ९३ लाख सहयोग गरेपछि धमाधम निर्माणको काम भएको छ। प्रदेश सभा सदस्य युवराज खनालले रामपुर उपत्यका धेरै कृषि उपज उत्पादन हुने क्षेत्र भएपनि पानीको अभावले कृषकलाई समस्या परेकाले कुलो निर्माणमा सहयोग जुटाइएको जानकारी दिए।
गेझाक्षेत्रको १०५ हेक्टर जमीनमा सिंचाइ गर्ने कुलो निर्माण आगामी वैशाखमा सम्पन्न गर्ने योजना रहेको कुलो निर्माण अध्यक्ष खनालको बताए। राहुडाँडा, एक्लाचौर, मनभागा, सानो गेझा, ठूलोगेझा, गोकर्णे र बर्दलेका फाँटका खेत सिंचाइ गर्ने कुलो निर्माण भइरहँदा कृषक खुशी छन्। हिउँद तथा वर्षात्मा पटक पटक पहिरो गएर धान रोप्न तथा विभिन्न तरकारी बाली लगाउन र सिंचाइ गर्न समस्या भोग्दै आएका कृषकलाई अब भने सहज हुने धारणा वडाध्यक्ष लीलबहादुर गाहाले राखे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस