काठमाडौँ-जर्मनीको ह्यानोभरमा आयोजना हुने ‘डोमोटेक्स’ कार्पेट मेलामा यस वर्ष पनि नेपालले भाग लिने भएको छ। आजदेखि आगामी सोमबारसम्म सञ्चालन हुने मेलामा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष रामबहादुर गुरुङ्गको नेतृत्वमा १४ सदस्यीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको छ।
प्रत्येक वर्ष आयोजना हुने मेला नेपाली गलैंचा उद्योगका निमित्त अति महत्वपूर्ण रहेकाले नेपाली व्यवसायीहरुले १६ वर्ष अघिदेखि सहभागिता जनाउँदै आएको अध्यक्ष गुरुङले जानकारी दिए। नेपाली गलैंचाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन र विस्तार गरी विदेशी मुद्रा आर्जन र रोजगारीका अवसरहरु सिर्जना गर्ने अवसरको रुपमा मेलालाई हेरिएको उनको भनाइ छ।
गत वर्ष गलैंचाबाट आठ अर्ब ५० करोड रुपैँयाबराबरको विदेशी मुद्रा आर्जन गरी निर्यातजन्य वस्तुको सूचीमा प्रथम स्थानमा रहन सफल भएपनि केही वर्षयता यसको निर्यात क्रमशः घट्दै गएको छ। नेपाली हस्त निर्मित गलैंचाको माग विश्वका धेरै मुलुकबाट भएपनि उपयुक्त वातावरण बन्न नसक्दा क्रमशः व्यवसायीहरु पलायन हुन थालेकाले उनीहरुलाई व्यवसायतर्फ आकर्षित गर्न अन्तराष्ट्रिय स्तरमा आयोजना हुने यस्ता मेलाहरु सहयोगी हुने गुरुङले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस