काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजार रुपैयाँको ५ हजार ७ सय २८ मेट्रिक टन लसुन विदेशबाट ल्याएछौं। यही गति रहे वर्षभरिमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात गर्नेछौं।
कोरोना भाइरसका कारण चीनबाट लसुन नआउँदा मूल्य अकासिएको हो। अहिले यसको बजार मूल्य सरदर ६ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको छ। जब कि २० दिनअघि यसको मूल्य एक सय ३० रुपैयाँ थियो।
गत आव ०७५।७६ मा ८३ करोड ३० लाख मूल्यको ९ हजार दुई सय ७७ मेट्रिक टन लसुन आयात भएको थियो। हामीले त्यही अवधिमा १५ लाख मूल्यबराबरको १८ मेट्रिक टन निर्यात गरेका थियौं। कृषिजन्य उत्पादनमा मुलुकको परनिर्भरताको पराकाष्ठा लसुनले झल्काउँछ।
राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार हरेक वर्ष ठूलो परिमाणमा लसुन चीन, भारत र अन्य मुलुकबाट आयात हुन्छ। सबैभन्दा बढी चीनबाट हुन्छ।
केन्द्रका प्रमुख डा। कमल गैरेका अनुसार नेपालमा करिब ६० हजार मेट्रिक टन लसुनको माग छ। स्वदेशमा ५० हजार एक सय ७७ हेक्टरमा करिब ५० हजार मेट्रिक टन हाराहारीमा स्वदेशी र चिनियाँ जातको लसुन उत्पादन हुन्छ।
ठूला होटेल, रेस्टुराँ र सहरी क्षेत्रका अधिकांश उपभोक्ताले चिनियाँ लसुन मन पराउने भएकाले बजारमा बढी माग छ। थोक विक्रेता अर्जुन सिलवालका अनुसार सहरी क्षेत्रका बासिन्दाले चीनबाट आयात हुने ठूलो आकारको लसुन अत्यधिक रुचाएकाले तुलनात्मक रूपमा बजारमा माग बढी छ।
‘भारतबाट आयात हुने र स्वदेशमा उत्पादित लसुनको आकार सानो हुने र बोक्रा झिक्न केही कठिनाइ भएकाले उपभोक्ताले चिनियाँ लसुन बढी मन पराएका हुन्,’ उनले भने। उनका अनुसार २५ दिनयता चीनबाट लसुन आयात भएको छैन। आयात नहुँदा बजारमा चिनियाँ लसुनको माग बढ्दै गएको हो।
कालिमाटी तरकारी बजारमा वार्षिक रूपमा चीनबाट आयात हुने लसुन एक सय ५४ मेट्रिक टन कारोबार हुन्छ। भारतबाट आयात भएको लसुन साढे ४० टनको कारोबार हुन्छ। कालिमाटी बजारका उपनिर्देशक विनय श्रेष्ठका अनुसार त्यतिले नपुगेर नेपालमै उत्पादित चिनियाँ जातको करिब १४ टन र स्वदेशी जातको करिब एक सय १८ टन लसुन खपत हुन्छ।
अन्नपूर्ण पोष्ट दैनिकका अनुसार, भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो चार महिनामा लसुन आयात दर चुलिँदै गएको छ। स्वदेशमा लसुन उत्पादन वृद्धि नहुँदा बर्सेनि लसुन आयात दर बढ्दै गएको हो। ०७२।७३ मा ७० करोड ६० लाख ६६ हजार मूल्यको नौ हजार चार सय ३० मेट्रिक टन लसुन आयात भएको थियो।
लगत्तै ०७३।७४ मा परिमाणमा कम देखिए पनि मूल्यका हिसाबले झन्डै पाँच करोड २७ लाख बढीले लसुन आयात बढेको थियो। त्यो वर्ष ७५ करोड ८७ लाख मूल्यको ६ हजार दुई सय ८५ टन आयात भएको थियो। ०७४।७५ मा ८० करोड ८२ लाख ६० हजार मूल्यको आठ हजार ६ सय ४४ टन र ०७५।७६ मा ८३ करोड ३० लाख ३३ हजार मूल्यको नौ हजार दुई सय ७७ टन लसुन आयात भएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस