काठमाडौं – मुलुककै ठूलो घरजग्गा कारोबार गर्ने व्यावसायिक समूह ‘सिभिल ग्रुप’ मुद्दैमुद्दामा रुमल्लिएको छ। नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा कडाइ गर्न लिएको नीति र साझेदारबीचको द्वन्द्वका कारण मुद्दा पर्न गएपछि समूहमाथि संकट आइपरेको हो।
सिभिल समूहद्वारा प्रवद्र्धित सिभिल मल र सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका नाममा समूहका दुई मुख्य लगानीकर्ता इच्छाराज तामाङ र लालकाजी गुरुङबीच विवाद चुलिएको छ।
सिभिल मलका साझेदार लालकाजी गुरुङले सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडबाट लिएको ऋण नतिरेको भन्दै को–अपरेटिभले २०७६ माघ १४ गते सार्वजनिक सूचना जारी गरेपछि त्यहाँको विवाद उत्कर्षमा देखापरेको छ। तर, गुरुङले भने आफूले व्यक्तिगत तवरबाट लिएको ६ करोड ९० लाख रुपियाँ कर्जाको सावाँ ब्याजमध्ये २०६५ साउन २ गते ५ करोड र बाँकी रकम २०६५ कात्तिक ११ गते इच्छाराज तामाङ हस्तेमार्फत भुक्तानी गरेको बताएका छन्।
गुरुङ पक्षले सिभिल मल ९सिभिल विजनेस कम्प्लेक्स०को ब्यालेन्स सिटमा पटक–पटक गरेर १७ करोड तथा त्यसको सम्पूर्ण ब्याज सहकारीलाई भुक्तानी गरेको दाबी गरेको छ। साथै गुरुङले सिभिल सहकारीले आफ्नो नाममा रहेको सिभिल मलको शेयर लिलामी गर्न निकालेको सूचना अवैध दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत दायर गरेका छन्।
त्यस्तै लालकाजी गुरुङकी श्रीमती मीना गुरुङले पनि उच्च अदालत पाटनमा सिभिल सहकारीबाट लिएको ऋण चुक्ता भइसकेको तथा सिभिल मलमा सहकारी साझेदार नरहेको दाबी गर्दै मुद्दा दायर गरेकी छिन्। २०७२ फागुन १४ मा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभले डिभिजन सहकारी कार्यालयमा लेखेको पत्रबाट पनि सिभिल सहकारीको नगद लगानी छैन भन्ने प्रस्ट देखिने गुरुङ पक्षको दाबी छ। साथै सहकारीले कुनै पनि निजी कम्पनीमा शेयर लगानी गर्न नपाउने कानुनी प्रावधान रहेको छ। अर्कोतर्फ सहकारीको आफ्नै वासलातमा समेत सिभिल मलमा लगानी गरेको विवरण कतै उल्लेख भएको देखिँदैन। नेपालसमाचारपत्र दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस