काठमाडौं – सनराइज बैंकले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि बन्दाबन्दीको अवस्थामा आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ् प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।
निक्षेपकर्ता ग्राहकले आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्ने चाहाना भए ‘सनराइज स्मार्ट’बाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
उक्त मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याज आठ दशमलव २५ प्रतिशत ब्याजमा शून्य दशमलव ५० प्रतिशत प्रिमियम ब्याज थप गरी प्रदान गर्ने व्यवस्था गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त मुद्दतीको न्यूनतम अवधि तीन महिना हुने, ‘सनराइज स्मार्ट’ प्रयोग गरी सजिलै मुद्दती खाता खोल्न सकिने र कुनै पनि अतिरिक्त शुल्क नलाग्ने जनाइएको छ ।
बैंकका अनुसार ग्राहकले घरबाटै सनराइजको मोबाइल बैकिङ्ग प्रयोग गरी सरल रुपमा मुद्दती निक्षेप खाता खोल्न सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस