काठमाडौँ – विश्व बैंकले नेपाल सरकारलाई ऋणस्वरुप रु ५४ अर्ब उपलब्ध गराउने भएको छ ।
सडकहरूको सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड–१९ को महामारीपछिको आर्थिक स्थितिको पुनर्बहालीका लागि मार्गनिर्धारण गर्न तथा विशेषगरी महिलालाई रोजगारीका अवसर प्रदान गर्ने परियोजनाका निम्ति बैंकले उक्त रकम आज स्वीकृत गरेको हो ।
नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डको सुधार तथा कमला–ढल्केवर–पथलैया सडकको स्तरोन्नतिका निम्ति स्वीकृत रकमबाट नेपाल रणनीतिक सडक सम्पर्क तथा व्यापार सुधार परियोजनाका साथै क्षेत्रीय सडक सम्पर्क बढ्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
रणनीतिक सडक सम्पर्क तथा व्यापार सुधार परियोजना भारत र अन्य मुलुकसँगको सम्पर्क तथा व्यापार बढाउन महत्वपूर्ण हुने, परियोजनाले सीमा नाकामा व्यापार अनुकूल भौतिक पूर्वाधार तथा अवरोधरहित कृषि उपजको निर्यातमा टेवा पुग्ने बैंकले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
कोभिड–१९ को महामारीलाई दृष्टिगत गरी परियोजनाअन्तर्गत सीमा नाकामा आयात–निर्यात हुने वस्तु र त्यसमा संलग्न व्यक्तिको सुदृढ परीक्षण, विशेष कार्यव्यवस्था, सुरक्षित सामाजिक दूरी र भौतिकरुपमा टाढैबाट कार्यसम्पादनको व्यवस्था गरिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस