काठमाडौं-नेपाली महान चाड दशैँ तथा तिहारलाई लक्षित गरी प्रभु बैंकले नेपालका विभिन्न २४ नयाँ स्थानमा आफ्नो शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। ग्राहकको सेवालाई ध्यानमा राखी बैंकले नयाँ स्थानबाट सेवा दिने तयारी थालेको छ।
बैकका काठमाडौं उत्पत्यका भित्र ९ वटा र उपत्यका बाहिरका १५ वटा नया शाखा कार्यालय थप्नेछ। जसमा मुख्य कार्यालय बबरमहल, बौद्ध,जावलाखेल, गोंंगबु चोक, खिचापोखरी, न्यूरोड, सुर्यविनायक, कमलादी, कोटेश्वर भाटभाटेनि र कालीमाटी शाखाले बैंकिङ सेवा प्रदान गर्नेछन। यस्तै उपत्यका बाहिर पश्चिममा धनगढी, नेपालगञ्ज, कलैया, विरगञ्ज, बुटवल, भैरहवा, न्यूरोड पोखरा, बाग्लुङ, जनकपुर, नारायणगढ, सिरहा र पुर्वमा इटहरी, दमक, धरान र विराटनगरबाट बैंकिङ सेवा दिनेछ ।
बैंकका अनुसार नयाँ खुलेका बैंक शाखाहरुमा निक्षेप जम्मा गर्न, दैनिक बढीमा १ लाख रुपैयाँसम्म चेक भुक्तानी गर्न र ५० हजार रुपैयाँसम्म रेमिट्यान्सको कारोबार गर्न सकिनेछ। असोज २१ गते अर्थात बिजया दशमीको दिन भने बैंकिङ सेवा बन्द हुनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस