काठमाडौं-नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले फोर्स मर्जर नै अन्तिम विकल्प भएको बताएका छन् । उनले नेपाल राष्ट्र बैंकले पहिले स्वेच्छिक मर्जरको लागि बैंक तथा वित्तिय संस्थाहरुलाई प्रेरित गरिएको भएपनि यदी उनीहरु मर्जरको लागि नगएमा राष्ट्र बैंकले फोर्स मर्जर नीति ल्याउनले स्पष्ट पारे ।
काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा उनले भने,‘अहिले मर्जरका लागि प्रेरित गरिहेका छौं, यसले काम नगरे फोर्स मर्जर अनिवार्य छ, जुनसुकै दिन फोर्स मर्जरको नीति आउँछ’,।
उनले सर्वसाधरणको निक्षेप सुरक्षित गर्नको लागि पनि फोर्स मर्जर अनिवार्य भइसकेको बताउँदै अमेरिका जस्तो लोकतान्त्रिक देशले समेत फोर्स मर्जर गराएको उदाहरण दिदै भने नेपालले त अहिलेसम्म मर्जरका लागि प्रेरित मात्रै गरिरहेको जानकारी दिए ।
‘अमेरिकाले जबरजस्ती मर्जर गराएको थियो, मैले त समय दिएको छु, चाँडै आउनुस, नत्र समय तोकिदिन्छु’, गभर्नर नेपालले भने । उनले मर्जरका लागि १९ वटा बाणिज्य बैंकहरुले मर्जमा जानको लागि आशय व्यक्त गरेको समेत बताए ।
उनले बैंकहरुको अस्वस्थ प्रतिष्पर्धा रोकी आइटी क्षेत्रमा लगानी बढाएर सर्वसाधरणको रकम सुरक्षित बनाउनको लागि पनि मर्जर आवश्यक भएको दावी गरे । उनले देशको अर्थतन्त्रको आकार र परिस्थितीलाई मध्यनज गर्दै लघुवित्त कम्पनीहरुलाई मर्जरमा पठाउन लागेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस