काठमाडाैं-नेपालमा कूल २ करोड ९० लाख हाराहारी जनसंख्या छ । जसमा १ करोड ७७ लाख ९० हजार ७८३ जना नेपालीको नाममा बैंकमा सक्रिय निक्षेप खाता खोलिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालमा वित्तीय पहुँच ६०.१ पुगेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । जसमध्ये ४१.२२ प्रतिश महिला र ५८.७७ प्रतिशत पुरुषमा वित्तीय पहुँच पुगेको देखिएको छ । यसरी हेर्दा पछिल्लो समय वित्तीय समावेशितामा अपेक्षित प्रगति हुर्दै गएको देखिन्छ ।
बैंकमा खोलिएका सक्रिय खाता मध्ये १ करोड ४ लाख ५६ हजार ६४७ वटा खाता पुरुष नामको हो भने ७३ लाख ३४ हजार १३६ वटा खाता महिलाको नामको हो ।
महिलाको वित्तीय पहूँच प्रदेशगत रुपमा पनि उल्लेख्य रुपमा रहेको छ । प्रदेशगत रुपमा सबैभन्दा धेरै प्रदेश नम्बर ३ मा र सबै भन्दा थोरै प्रदेश नम्बर ६ कर्णाली प्रदेशका जनताको नाममा बैंक खाता रहेको छ । प्रदेश ३ मा ५६ लाख १३ हजार ८४६ जनसंख्या रहेको छ । जसमध्ये २६ लाख ३० हजार ९८२ वटा विभिन्न बैंकहरुमा महिलाहरुको सक्रिय खाताहरु रहेका छन् ।
यस्तै सबैभन्दा कम जनसंख्या तथा कम बैंकमा खाता खोलिएको कर्णाली प्रदेशमा विभिन्न बैंकहरुमा १५ लाख ३९ हजार ४०९ मध्ये २ लाख ७० हजार १०१ वटा सक्रिय खाता महिलाहरुको नाममा रहेको राष्ट्र बैंकले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस