काठमाडौँ-नेपाल राष्ट्र बैंकको इतिहासमै पदीय दुरुपयोग गरेको आरोपमा डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा पर्नुभएको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठमाथि लागेको आरोपको छानबिन गर्ने निर्णय गरेसँगै उहाँ निलम्बनमा पर्नुभएको स्रोतले जनाएको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार सञ्चालक समितिले सदस्य श्रीराम पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिका सदस्यमा सुवोध कर्ण र रामजी रेग्मी छन् ।
समितिलाई छानबिनका लागि एक महिनाको समय दिइएको बताइएको छ । डेपुटी गभर्नर श्रेष्ठमाथि वित्तीय स्थायित्वमा खलल पु¥याएको र विभिन्न बैंकको खराब कर्जा लुकाउन सहयोग गरेकोलगायतका आरोप लागेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २२ अनुसार गभर्नर, डेपुटी गभर्नर र सञ्चालकलाई पदमुक्त गर्ने प्रक्रिया शुरु गर्नासाथ निजहरु आफ्नो पदबाट स्वतः निलम्बन भएको मानिने व्यवस्था रहेको छ । सोही आधारमा डेपुटी गभर्नर श्रेष्ठको छानबिन प्रक्रिया शुरु भएकाले उहाँ निलम्बनमा परेका हुन् ।
ऐनबमोजिम बैंकको उद्देश्य हासिल गर्नका निमित्त बैंकले गर्नुपर्ने कार्य कार्यान्वयन गर्न, गराउन कार्य क्षमताको अभाव भएमा वा मुलुकको बैंकिङ तथा वित्तीय व्यवस्थामा हानी नोक्सानी पुग्ने कार्य गरेको देखिएमा, बैंकको काम कारवाहीमा बेइमानी वा बद्नियत गरेको देखिएमा पनि कारवाही हुने व्यवस्था छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस