काठमाडौ-आगामी गभर्नरका आकांक्षी डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाई दिएको छ । विहिबार सरकारको मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउदै सरकारका प्रबक्ता गोकुल बास्कोटाले श्रेष्ठले सफाइ पाएको बताएका हुन् ।
उनी नेपाली कांग्रेसका तर्फबाट डेपुटी गभर्नर नियुक्त भएका थिए । उनीमाथि किन गम्भीर प्रकृतिको आरोप लाग्यो र कुन आधारमा सफाइ दिइयो भन्नेबारेमा भने प्रबक्ता बास्कोटाले जानकारी दिएनन् ।
श्रेष्ठलाई बैंकहरुको खराब कर्जा लुकाउन सहयोग गरेको आरोप लागेको थियो । त्यस्तै सर्वोच्च अदालतको फैसला नपुग्दै अजय सुमार्गीको विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको तथा कानूनी प्रक्रिया पूरा नहुँदै एनसेललाई लाभांस फिर्ता लैजान सहयोग गरेको आरोप उनीमाथि लागेको थियो ।
त्यस्तै श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी सूचना संकलन गर्न प्रयोग गरिने सफ्टवेयर चल्न नदिन भूमिका खेलेको समेत आरोप लागेको थियो । सरकारले छानबिन गर्न भन्दै कार्तिक १५ गते नेपाल राष्ट्र बैंकलाई पत्र पठाएपछि १८गते बसेको सञ्चालक समितिको बैठकले समिति गठन गरेको थियो । सरकारले छानविन समिति बनाएपछि श्रेष्ठ वतः निलम्बनमा परेका थिए ।
कार्तिक १८ गते उनीमाथि लगाइएको आरोपहरु छानविनका लागि श्रीराम पौडेलको संयोजकत्वमा दुई सन्चालक श्रीराम रेग्मी र सुवोधकुमार कर्ण सदस्य रहेको समिति गठन गरिएको थियो । सो समितिलाई ३० दिनको समय दिइएको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा श्रेष्ठलाई सफाई दिएको सरकारले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस