काठमाण्डौ-साताको दोस्रो दिन आज पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २.४९ अङ्कले बढेर एक हजार ३४९.१३ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक १.१६ अङ्कले बढेर २८७.९१ मा पुगेर रोकिएको छ। परिसूचकमा सामान्य वृद्धि हुँदा कारोवार रकम भने डेढ अर्ब नाघेको छ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर रु एक अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ मा खरिदबिक्री भए। कारोवार भएका १२ मध्ये पाँच उपसमूहको शेयर मात्र बढेको छ। आज सबैभन्दा बढी निर्जीवन बीमा उपसमूहको शेयर बढेको छ। निर्जीवन बीमा ५९.२७ अङ्कले बढ्दा जलविद्युत् ४८.४४, विकास बैंक ३०.५८, अन्य ०.४४ र सामूहिक लगानी कोषको शेयर ०.०६ अङ्कले बढेको छ।
यसैगरी सबैभन्दा बढी जीवन बीमा उपसमूहको शेयर ४२.८ अङ्कले ओरालो लागेको छ। होटल १७.०१ अङ्कले घट्दा लघुवित्त ७.७५, बैंक ३.३६, उत्पादन ३.१३, व्यापार २.३८ र वित्त ०.७९ अङ्कले घटेको छ।
कारोवार रकमका आधारमा नेको इन्सुरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको शेयर रु छ करोड ५६ लाख ६० हजार ४८१ मा खरिदबिक्री भयो। यस्तै ग्लोबल आइएमई बैंकको रु पाँच करोड एक लाख ९१ हजार ८२४, नेपाल इन्सुरेन्स कम्पनीको रु चार करोड ९९ लाख २० हजार ३६६, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको रु चार करोड ८१ लाख ५० हजार ५८३, प्रभु बैंकको रु चार करोड १९ लाख १८ हजार ५७२ र ग्रामीण विकास बैंकको शेयर रु चार करोड आठ लाख तीन हजार ७१५ मा खरिदबिक्री भयो।
बढेको बजारमा सबैभन्दा बढी मल्टीप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ५.२२ प्रतिशतले गुमाए। यस्तै युनियन हाइड्रोपावर ३.५०, समृद्धि फाइनान्स कम्पनी २.८८, गुडविल फाइनान्स कम्पनी २.७३, विजय लघुवित्त वित्तीय संस्था २.६०, पोखरा फाइनान्स २.४८ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.४७ प्रतिशतले गुमाए।
ग्रामीण विकास बैंकका लगानीकर्ताले ९.३६ प्रतिशतले कमाउँदा नेशनल हाइड्रोपावर कम्पनी ९.२६, छ्याङ्दी हाइड्रोपावर ९.०९, रसुवागढी हाइड्रोपावर ८.५४, सानिमा माई हाइड्रोपावर ८.५० र चिलिमे हाइड्रोपावरका शेयरधनीले ७.७८ प्रतिशतले कमाएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस