हुम्ला-अज्ञात समूहले चङ्खेली गाउँपालिका-३ स्थित रिमीको वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडको टावर तोडफोड गरेपछि सेवाग्राही मर्कामा परेका छन्। वर्ल्डलिङ्कका सामग्रीमा क्षति पुगेपछि सर्केगाड र चङ्खेली यी दुवै गाउँपालिकाको कामकाजमा असर परेको हो।
गत फागुन ५ गते रातिको समयमा एक अज्ञात समूहले टावरसँग जोडिएका सबै तार र अन्य सामग्रीलाई तोडफोड गरेपछि गाउँपालिकाका सबै सेवाग्राही समस्यामा परेको वल्र्डलिङ कम्युनिकेसनका जिल्ला संयोजक रामजन रावतले बताए।
रावतका अनुसार चैखेली गाउँपालिकामा रहेका वडा नं १- देखि ६ सम्मका कार्यालय, स्वास्थ्यचौकी, विद्यालय, स्वयं चङ्खेली गाउँपालिका कार्यालय तथा सर्केगाड गाउँपालिकाको सिटिजन्स बैंकको कारोवार ठप्प हुनुका साथै इलाका प्रशासन, सर्केगाडका वडा कार्यालय, स्वास्थ्यचौकी तथा विद्यालय समस्या भएको महिला कल्याण फिल्ड संयोजक पदमराज हमालले बताए।
सर्केगाड, चङ्खेली, ताजाकोट र अदानचुली गाउँपालिकाका नागरिक सेवा लिन सदरमुकाम सिमकोट नै धाउनुपर्ने बाध्य छन्। त्यस्तै एक ठाउँबाट अर्को ठाउँमा ‘इमर्जेन्सी डकुमेन्ट मेल’ गर्न समस्या भएको गाउँपालिका कार्यालयले जानएको छ। सो टावर तोडफोड गर्ने व्यक्तिको खोजीका लागि मिमि प्रहरीचौकीले अनुसन्धान गरिरहेको जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस