काठमाण्डौ – प्राइम र कैलाश विकास बैंक मर्ज भएपछिको प्राईम कमर्सियल बैंकले एकीकृत कारोबार सुरु गरेको छ । काठमाडौंमा एक कार्यक्रम गरी बैंकले एकीकृत कारोबारको औपचारीक घोषणा गरेको हो ।
गएको असार २० गते भएको सम्झौता अनुसार कैलाश विकास बैंकलाई प्राइम कमर्सियल बैंकले १०० बराबर ९४ दरको स्वाप रेसियोमा प्राप्ति गरेको हो । प्राइम र कैलाश गाभिएपछि बनेको प्राइम कमर्सियल बैंकको चुक्ता पूँजी झण्डै १४ अर्ब रुपैयाँ पुगेको छ ।
पूँजीकोष झण्डै १९ अर्ब रुपैयाँ पुगेको छ । एकीकृत कारोबारको औपचारीक सुरुवात गर्दै बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले आफ्नो पूँजी बढाई अझ विश्वासिलो र भरपर्दो सेवा प्रदान गर्नका लागि मर्जरलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले कैलाश विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको पोर्टफोलियो १ खर्ब ३० अर्ब भन्दा धेरै पुगेको बताउनुभयो । मर्जपछि बैंकको शाखा १ सय ९९ पुगेको छ । त्यस्तै बैंकको निक्षेप १ खर्ब २८ अर्ब र कर्जा लगानी १ खर्ब १५ अर्ब पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस