काठमाडौँ – बैंकिङ कारोबार गर्दा कार्ड तथा विद्युतिय कारोवारको माध्यम प्रयोग गर्न बैंक तथा वित्तिय संस्थाले आग्रह गरेका छन् । नोटको प्रयोग गर्दा कोरोना भाईरस कोभिड–१९ को संक्रमण फैलने डर भएकोले विद्युतीय कारोबार प्रणाली अपनाउन आग्रह गरेको हो ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोशियसन नेपाल र नेपाल वित्तिय संस्था संघले आज संयुक्त विज्ञप्ती निकालेर अति आवश्यक अवस्थामा बाहेक बैंकका शाखाहरुमा गएर भीडभाड नगर्न पनि आग्रह गरेका हुन् । ईन्टरनेट, मोबाईल लगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा कुनै सुल्क नलाग्ने पनि बैंक तथा वित्तिय संस्थाले जनाएका छन् । यस्तै अर्को सुचना प्रकाशित नभएसम्मका लागि कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्र अरु कुनै पनि बैंक तथा वित्तीय संस्थाकोमा प्रयोग गर्दा अतिरित्त शुल्क नलाग्ने भएको छ ।
ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अरु प्राबिधिक समस्या भएमा सम्बन्धित शाखामा फोन मार्फत सम्पर्क गरी समाधान गर्न सकिने संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस