काठमाडौँ- नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी) ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड रुपैयाँ प्रदान गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालका अनुसार उक्त रकममध्ये रु ६५ लाख सङ्घीय सरकारले स्थापना गरेको कोषमा र रु पाँच÷पाँच लाख गरी जम्मा रु ३५ लाख सातवटै प्रदेशले खडा गरेको कोषलाई प्रदान गरिएको हो ।
बैंकले आज सङ्घीय सरकारले स्थापना गरेको कोषमा उक्त रकम जम्मा गरिदिएको छ |
त्यसैगरि प्रदेश सरकारले स्थापना गरेको कोषमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकम बराबरको चेक बैंकका प्रतिनिधिमार्फत प्रदान गरिएकोे हो ।
बैंकले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ ।
कोरोना भाइरस सङ्क्रमणको महामारी रोक्न, नियन्त्रण तथा सङ्क्रमितको उपचारमा मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस