बनेपा- कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले अब काभ्रेपलाञ्चोकमा बैंक तथा वित्तीय र सहकारी संस्था हप्ताको तीन दिन मात्रै सञ्चालन गर्न लगाउने निर्णय गरेको छ ।
कोरोना भाइरसको जोखिम हुन नदिन अब जिल्लाका ती क्षेत्र आइतबार ,मङ्गलबार र शुक्रबार मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन् । यसअघि पनि हप्ताको तीन दिन मात्रै खोल्ने गरेको बैंक तथा वित्तीय संस्था बन्दाबन्दीमा आवतजावत अलि खुकुलो पारेसँगै गत वैशाख २१ गतेबाट दैनिक दुई घण्टा खोल्ने गरेको थियो ।
अब पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमण फैलिँदै गएपछि त्यसको रोकथाम र नियन्त्रणको अवस्थालाई मध्यनजर गर्दै पुनः तीन दिन मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
क्वारेन्टाइनमा एक जना
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलस्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा निर्माण गरिएको क्वारेन्टाइनमा एक जनालाई राखिएको छ । एक जना पुरुष व्यक्तिलाई क्वारन्टाइनमा राखेर स्वाब परीक्षणका लागि पठाएको स्वास्थ्य कार्यालयका डा नरेन्द्रकुमार झाले जानकारी दिएका छन् । यसअघि नमोबुद्ध नगरपालिकाको जनक माविमा निर्माण गरेको क्वारेन्टाइनमा दुई जनालाई राखेर पिसीआर विधिबाट गरिएको परीक्षणमा नतिजा नेगेटिभ देखिएपछि होम क्वारेन्टाइनमा बस्न सुझाव दिएर डिस्चार्ज गरेको उनले बताए ।
विदेश गएकाहरुको तथ्याङ्क सङ्कलन गर्दै बेथानचोक गाउँपालिका काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले पालिकाभित्रका कति नागरिक रोजगार र अन्य कार्यका लागि विदेशमा छन् भन्ने तथ्याङ्क सङ्कलन गर्ने काम शुरु गरेको छ ।
कोरोना भाइरसको जोखिम बढ्दै अएको अवस्थामा आफ्नो गाउँपालिकाभित्रका नागरिक कहाँ–कति कस्तो अवस्थामा छन् भन्ने तथ्याङ्क राख्न विवरण सङ्कलन अभियान शुरु गर्न लागिएको बेथानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए । सो गाउँपालिका स्थायी ठेगाना भइ हाल भारतलगायत अन्य देशहरुमा बैदेशिक रोजगारी तथा अन्य कारणले बसोबास गर्दै आएका ब्यक्तिहरुको तथ्याङ्क अत्यावधिक गरी राख्नुपर्ने भएकाले विवरण सङ्कलन कार्य अगाडि बढाएका हौँ”, उनले भने ।
यसका लागि सम्बन्धित जनप्रतिनिधि तथा कर्मचारीलाई सम्पर्क गरी वडा कार्यालयमा उपलब्ध गराइ सहयोग गर्न उनले सबैलाई आग्रह गरेका छन् । यसअघि विदेशबाट फर्केर घरमा आएकाहरुको विवरण सङ्कलन गरी उहाँहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन आरडिटी परीक्षण सम्पन्न गरेको थियो । उनका अनुसार करिब ४० नागरिक विदेशबाट फर्किएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस