काठमाडौँ-नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ सङ्क्रमणको अवधिमा समेत मुलुकको समष्टिगत आर्थिक स्थायित्वसँग सम्बन्धित परिसूचक सकारात्मक रहेको बताएका छन्।
नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग आयोजना गरेको श्रव्य दृश्य छलफलमा गभर्नर अधिकारीले निर्यातको स्थिरता, आयातमा भएको व्यवस्थापन, चालू खाता घाटामा उल्लेख्य सुधार, शोधानान्तर स्थिति बचतमा रहेकाले आर्थिक क्रियाकलाप सकारात्मक रहेको बताए ।
पछिल्लो विवरण अनुसार हाल रु दुई खर्ब ८२ अर्बले शोधानान्तर बचतमा रहेको छ । यस्तै, विदेशी विनिमय सञ्चिति रु १४ खर्बभन्दा माथि रहेको छ ।
यही भदौ २१ गते सम्म ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा कुल रु तीन हजार ९३८ अर्ब निक्षेप र ती संस्थाले रु तीन हजार २५५ अर्ब कर्जा प्रवाह भएको जानकारी गभर्नर अधिकारीले दिए ।
उनले पछिल्लो समय कर्जा स्रोत परिचालन अनुपात ७२ प्रतिशत रहनुले लगानीका लागि पर्याप्त साधन उपलव्ध भएको तथा बैंकिग क्षेत्रको पुँजी पर्याप्तता अनुपात १५ प्रतिशत र खराब कर्जा अनुपात १.८ प्रतिशत रहेको जानकारी दिए ।
यस्तै, वित्तीय क्षत्र स्थायित्व कायम रहेको भएतापनि कोभिड सङ्क्रमणका कारण त्यस क्षेत्रमा परेको दवावलाई यथार्थरुपमा परिसूचकमा प्रतिविम्वित गर्ने जिम्मेवारी बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीमा रहेकामा जोड दिए ।
गभर्नर अधिकारीले केही महिनादेखि करिब रु दुई खर्बको हाराहारीमा रहेको तरलतालाई अवसरका रुपमा लिन बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई आग्रह गरे ।
उनले अहिलेको कठिन परिस्थितिमा आफ्नो कर्जा स्रोतको व्यवस्थापन संयमित एवम् जिम्मेवारपूर्ण ढंगले गर्ने र कर्जा खोसाखोसको अस्वस्थ प्रतिस्पर्धा मार्फत नाफा केन्द्रित हुने भन्दा पनि आफु पनि व्यवसायमा टिक्ने र अरुलाई पनि टिकाउने विषयमा सचेत रहन निर्देशन दिएकोे केन्द्रीय बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस