काठमाडौँ- नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र ज्योति विकास बैंक वीच आपसी संस्थागत हित र व्यवसाय प्रवद्र्धनका लागि सह–कार्य गर्न सहमति–पत्रमा आज २०७८ असार २० गते हस्ताक्षर भएको छ ।
सहमति पत्रमा महासंघका अध्यक्ष रमेश महर्जन र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेलले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको छ । सहमति अनुसार उक्त बैंकले महासंघमा आवद्ध आभुषण व्यवसायीहरुलाई सहुलियतपूर्ण ऋण सुविधा प्रवाह गर्नेछ । सो कार्यमा महासंघले सहजिकरण गर्नेछ ।
बैंकले ऐन, नियम र मापदण्डको आधारमा प्रोफेसनल कर्जा, महिला उद्यमशील कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा र विदेशीबाट फर्केका युवा परियोजना कर्जा आदि प्रदान गर्नेछ । कर्जा प्रवाह गर्दा बैंकले लिने सेवा शुल्कमा विशेष छुट प्रदान गरिनेछ ।
सो बैंकले डिजिटल बैंकिङ्कलाई प्रोत्साहित गर्न खुद्रा व्यापारमा संलग्न गहना व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्ने र उक्त सेवा सूचारु गर्नको लागि शून्य मौज्दातमा चल्ती खाता खोल्ने सुविधा उपलब्ध गराउने छ ।
महासंघको अनुरोधमा सो बैंकले संस्थागत सामाजिक उत्तरदायित्व ९ऋयचउयचबतभ क्यअष्ब िच्भकउयलकष्दष्ष्तिथ० अन्तर्गत “हाम्रो विकास प्रवद्र्धन कोष” बाट गहना व्यवसायीहरुको क्षमता विकासको लागि विभिन्न कार्यक्रमहरु पनि संचालन गर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस