काठमाडौं-नेपाल बङ्गलादेश बैंक लिमिटेडले २ मंसिरमा साधारसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न आफ्नो रजिष्ट्रार कार्यालय कमलादीमा २७औँ वार्षिक साधारणसभा आह्वान हो ।
सो सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट सञ्चालन गरिनेछ भने निर्वाचन भौतिक रूपमा सञ्चालन गरिने बैंकले जनाएको छ ।
बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजका लागि १५ कात्तिकमा बुकक्लोज गर्ने भएको छ। यसअनुसार १४ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
सभाले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस सेयर र लाभांश प्रयोजनार्थ बुकक्लोजसहित तीन दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरु र सर्वसाधारण समूहबाट छ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस