काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १८ करोड छ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ६४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब दुई करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य नाफामा पनि आकर्षक सुधार भएको छ । खुद ब्याज आम्दानी ४० दशमलव ४२ प्रतिशत र सञ्चालन नाफा १४ दशमलव ९३ प्रतिशतले बढेको छ । वितरणयोग्य नाफा ३८१ दशमलव १४ प्रतिशतले बढेर २२ करोड ४५ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
बैंकको निक्षेप संकलन २० दशमलव २९ प्रतिशत र कर्जा लगानी ३९ दशमलव २६ प्रतिशतले बढेको छ । बैंकको समीक्षा अवधिमा प्रतिसेयर आम्दानी भने दुई रुपैयाँ ४९ पैसा घटेर ३९ रुपैयाँ ६५ मा आएको छ । असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ९० पैसा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस