काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ ।
डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो । यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकहरुलाई उपलव्ध हुनेछ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना गा्रहकहरुलाई नविनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुर्याउने उद्देश्यका साथ यो आकर्षक योजना सार्वजनिक गरेको हो ।
यो सुविधा प्रदान गर्ने उद्देश्यका साथ ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल टेलिकमबीच समझदारी पत्रमा मंगलबार हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडको बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गर्नुभएको छ ।
बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरु ल्याई आफ्ना ग्राहकहरुलाई विस्तारित बैंकिङ्गका साथसाथै अन्य सेवाहरु प्रदान गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस