काठमाडौँ- कृषि विकास बैंक लि.ले नागरिकहरुलाई आफ्नो अत्याधुनिक सेवा सुविधा प्रदान गर्ने क्रममा अनलाइन रियल टाइम निश्चित खाता सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले आज (२०७९÷०३÷३१ गते) बैंकको मुख्य कार्यालयस्थित सभाहलमा एक समारोहका बीच उक्त खाता खोली उद्घाटन गर्नुभयो ।
उद्घाटनका क्रममा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि विकास बैंक लि.ले नागरिकलाई यस्तै अत्याधुनिक डिजिटल बैंकिङ सेवा सुविधा प्रदान गरी समयको बचतका साथै बैंकसम्म धाउने झन्झटबाट मुक्त गरेको र आगामी दिनमा कृषि विकास बैंक लि.ले नागरिकको सुविधाको लागि खटेर काम गर्ने विचार व्यक्त गर्दै यस नयाँ र शुभ कामको लागि काम गर्ने विभागका सबै कर्मचारीलाई धन्यवाद दिँदै आगामी दिनमा यस्तै नयाँ नयाँ डिजिटल सोचका साथ अघि बढ्न प्रोत्साहन गर्नुभयो ।
कार्यक्रममा बैंकका उपमहाप्रबन्धकहरु प्रताप सुबेदी, दीर्घबहादुर अर्याल, प्रेमकुमार श्रेष्ठ तथा निर्मलकुमार उपाध्यायको उपस्थिति रहेको थियो । डिजिटल विभागका वरिष्ठ शाखा प्रमुख भोला नेपालले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा विभिन्न विभागका विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस