काठमाडौँ-प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टरका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र समर्पण हेल्थ केयर सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अविसेक राजथलाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरेका ग्राहकहरुले समर्पण हेल्थ केयर सेन्टरद्धारा सञ्चालित प्रयोगशालामा रगत, दिसा, पिसाब, खकार, सेवामा परीक्षण गरे २० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको छ ।
फार्मेसी, ऐस्थेटिक, इ.सी.जी, रेडियोलोजी युएस्जी तथा ई.सी.ओ सेवामा १० प्रतिशत छुट हुने भएको छ । यसका साथै २ हजार रुपयाँ भन्दा बढीको औषधी खरीद गरे समर्पण हेल्थ केयर सेन्टर देखि २ कि. मि.को दुरी भित्र रहनुहुने ग्राहकहरुलाई होम डेलिभरीको व्यवस्था गरिएको छ ।
सम्झौता अन्तर्गत समर्पण हेल्थ केयर सेन्टर मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हेल्थ केयर सेन्टरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस