काठमाडौँ-प्रभु क्यापिटल लिमिटेड सहित ६ वटा मर्चेन्ट बैकरले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष व्यवस्थापकको रूपमा काम गर्न अनुमती पाएका छन ।
पूँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न नेपाल धितोपत्र बोर्डले प्रभु क्यापिटल सहित ६ वटा मर्चेन्ट बैकरलाई नेपाल अनुमतीपत्र हस्तातरण गरेको हो ।
एसआईएफको कोष प्रबन्धकको लागि पाएको स्वीकृति संगैं प्रभु क्यापिटललाई नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवाहरु प्रदान गर्ने बाटो खुलेको छ ।
नवीनतम ज्ञान, सीप,क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न स्वदेशी तथा बैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज भण्ड जस्ता उपकरण मार्फत् लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने क्यापिटलले जनाएको छ ।
कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता तथा नेपाली तथा गैरआवासीय नेपाली लगायतले लगानी गर्न सक्नेछन् । जसबाट स्वदेशी श्रोत परिचालन भर्ई देशमा प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण र आकर्षित गरी समग्र पूँजी बजार विस्तार गर्न सहयोग पुग्नेछ भने राष्ट्रको समग्र व्यापार क्षेत्रको लागि यो लाभदायक हुनेछ ।
द्ध
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस