टोकियो- कोरोना संक्रमणका कारण जापानको खेलकुद क्षेत्र नराम्ररी थला परेको छ । हाल आयोजना गरिएका राष्ट्रिय स्तरका खेलकुदहरुमा दर्शकलाई रंगशाला प्रवेश गर्न दिईएको छैन । खेलाडी तथा दर्शकको स्वास्थ्यलाई मध्यनजर राख्दै हाल बिना दर्शक खेल खेलाइएको हो।
हालै जापानमा एउटा वेसवलको प्रतियोगिता त्यसरि नै विना दर्शक सम्पन्न गरिएको छ। जापानकै प्रसिद्ध खेलको रुपमा परिचित यो खेलमा कुनै पनि दर्शकलाई रंगशालाप्रवेसमा रोक लगाइएको हो ।
निप्पोन प्रोफेशनल बेसबलले आयोजना गरेको यो सिजनको बेशवलकाे सेरिजका ७२ वटै खेलहरु विना दर्शक खेलाइने छ ।
आयोजक मध्येका एक सदस्यले बताए अनुसार उनीहरुले फ्यानकै स्वास्थ्यलाई ध्यानमा राखेर सो निर्णय गरेका थिए ।
यता प्रधानमन्त्री सिञ्जो आवेले गत बुधवार मेघा इभेन्ट तथा सांस्कृतिक उत्सव आयोजकहरुलाई एक सुचना जारि गर्दै कोरोना प्रकोपको स्थितिलाई मुल्याङ्कन गर्दै आगामि २ हप्ता कुनै पनि कार्यक्रम नराख्न अनुरोध गरेका थिए ।
आयोजकहरुले पनि स्वास्थ्यको गाम्भिर्यतालाई आत्मसाथ गर्दै धेरै जसो त्यस्ता कार्यक्रमहरु स्थगन गरेका छन् ।
केही खेलाडीहरुले भने विना दर्शकको खेलमैदानमा खेल्नु अलि अप्ठेरो महसुस हुदो रहेछ भनेका छन् । तर उनिहरुले यो विसम परिस्थितिलाई पनि राम्ररि बुझेको र परिस्थिथिको सामना गर्न आफूहरु हरदम तयार रहेको प्रतिकृया समेत दिएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस