सोल- दक्षिण कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरियामा कोरोना भाइरसबाट २० जनाको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ३,७३६ पुगेको छ । यो तथ्याङ्क आइतवार अपह्रान्न ४ बजे सम्मको हो ।
स्थानिय सिछन्जी सम्प्रदायका मानिसहरुले प्रार्थना गर्ने चर्चबाट फैलिएको यो भाइरस हाल कोरियाका विभिन्न शहरहरुमा फैलिसकेको छ । हालसम्म सबैभन्दा बढी थेगु तथा ग्यङसाङ शहरमा सो रोग संक्रमितहरु पाईएका छन् ।
स्वास्थ्य मन्त्री पार्क न्योन होका अनुसार कोरियामा कोरोना संक्रमणको दर केही कम भएको छ तर फैलिने सम्भावना भने जिवित नै रहेको छ ।
उनले हाल दुई शहरहरुमा मुख्य रुपमा फैलिएको सो भाइरस सिङ्गो देशमा फैलन सक्ने भन्दै सबैलाइ सम्यमता अपनाउन अनुरोध समेत गरेका छन् ।
यता सरकारले सो रोगको उपचारमा सहजता अपनाउन विरामि तथा अस्पताललाई चार तहमा वर्गीकरण गर्दै उनीहरुलाई सोहि अनुरुपको सेवा दिने समेत जनाएको छ ।
संक्रमणको केन्द्र डेगुमा मात्र २७०० भन्दा बढी बिरामीहरु छन् र यो शहरका ६० प्रतिशत मानिसहरु सिछन्जी सम्प्रदायका रहेका छन् ।
तथ्याङ्कमा जनाईए अनुसार हाल कोरियामा कोरोना संक्रमितहरु मध्ये १४ जनाको स्थिति गम्भिर छ र ३० जना उपचार पश्चात घर फर्कीसकेका छन् ।
कोरोनाका जिवाणुहरु गर्मी मौसममा नबाँच्ने भएकाले आगामी मार्च अप्रिलबाट यसको असर कम हुने भएता पनि हाल सो रोगको प्रभावकारी औषधि बनि नसकेकाले यसै भन्न नसकिने सरकारी अधिकारीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस