एएफपी-इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने थप सङ्क्रमितको सङ्ख्या १२ भएको इरानी अधिकारीले सोमबार बताएका छन्। यससँगै इरानमा कोभिड-१९ भनिने यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या कूल ६६ पुगेको छ।
इरानमा अघिल्लो दिन ५२३ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएकोमा सोमबार यो सङ्ख्या तेब्बर बढेर एक हजार ५०१ पुगेको बताइएको छ।
“इरानमा मार्च २ को रातिसम्म मृत्यु हुने विरामीको सङ्ख्या ६६ पुगेको र सङ्क्रमणका कारण एक हजार ५०१ जनामा सङ्क्रमणको पुष्टि भएको छ।” इरानका उप-स्वास्थ्यमन्त्री अलिरेजा राइसीले सोमबार एक पत्रकार सम्मेलन गरी भनेका छन्।
इरानमा सरकारी तथ्याङ्कमा मृत्यु हुनेको सङ्ख्या ६६ बताइएपनि योभन्दा निकै धेरै व्यक्तिको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको र सङ्क्रमितको सङ्ख्या पनि निकै धेरै रहेको त्यहाँका स्थानीय अधिकारीहरूले बताएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताउँदै आएका छन्।
कोरोना भाइरसको सङ्क्रमण भएको भनिएको इरानको दक्षिणी क्षेत्रका एक सांसदले कोरोनाबारे सरकारले तथ्याङ्क लुकाएको भन्दै बीबीसीलाई गत बिहीबार दिएको तथ्याङ्कमा २१० व्यक्तिको मृत्यु भइसकेको बताएका थिए जबकी त्यतिबेलाको सरकारको तथ्याङ्कमा इरानमा मृत्य हुने व्यक्तिको सङ्ख्या ३० भन्दा कम उल्लेख गरिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस