सोल- दक्षिण कोरियाली रोग नियन्त्रण केन्द्रले सोमवार सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसबाट २६ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेहरुको संख्या ४३०० नाघेको छ । मृत्यु हुनेमा केही अन्य रोगहरुबाट समेत ग्रस्त रहेका छन् ।
यससँगै कोरियाली सरकारले देशभरका विद्यालयहरु मार्च २३ सम्मका लागि बन्द गर्ने निर्णय समेत गरेको छ ।
कोरियामा हालसम्म फेला परेका संक्रमितहरु मध्ये करिव ५७ प्रतिशत थेगु शहरस्थित सिछन्जी चर्च आसपासको क्षेत्रबाट रहेका छन् भने अन्यहरु भने सोल, ग्यङसाङ, चिओन लगायतका शहरहरुबाट रहेका छन् ।
यहि क्रमलाई मध्य नजर राख्दै कोरियाली शिक्षा मन्त्रालयले आफ्नो शैक्षिक पात्रोलाई परिमार्जन गर्ने तर्फ पहल कदमी शुरु गरेको छ ।
सरकारले किण्डर गार्डेन तथा माध्यमिक स्तरका विद्यालयहरुलाई आगामी मार्च २३ सम्म आफ्नो नयाँ सेसन सुरु नगर्न समेत भनेको छ ।
यता सरकारले हाल कोरोना संक्रमितहरुलाई विभिन्न चरणमा विभाजन गरि उपचार गर्न सुरु गरेको छ । सामान्य,मध्यम र जटिल गरि तीन समुहमा विरामीहरुलाई विभाजन गराई उपचार गराइएको समेत सरकारी अधिकारीहरुले जनाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस