सोल-कोरोना संक्रमणलाई रोक्न प्रभावकारी मानिएको मास्क हाल विश्वभर नै अभाव महसुस गर्न थालिएको छ । यता कोरियाली स्वास्थय मन्त्रालयले भने मास्क सर्वसुलभ गराउन सोमबारबाट हरेक हुलाकबाट मास्कको विक्रि वितरण गराउन थालेको छ ।
सरकारी अधिकारीका अनुसार अब कोरियाली जनताहरुले आफ्ना नागरीकहरुको लागि सो कदम उठाएको बताएको छ ।
हाल हुलाकहरुमा ६ लाख ५० हजार थान मास्क विक्रिका लागि राखिएको छ र यी मास्कहरु देशभरका १४०६ वटा हुलाकका शाखाहरुबाट विक्रि गरिने छ । सरकारले प्रति मास्क १ हजार वन मुल्य समेत तोकेको छ ।
सरकारी अधिकारीहरुका अनुसार सरकारले हालसम्म करिव ४५ लाख मास्कहरु स्थानिय संध संस्थाहरुलाई वितरण गरेको छ जसमध्ये करिव १५ लाख ४० हजार जति मास्कहरु थेगु, उत्तरी ग्यङयोङ तथा चिओङ्दो शहरमा पठाइएको छ भने २१ लाख मास्कहरु सोल शहरमा पठाइएको छ ।
सरकारले पर्याप्त रुपमा मास्क पठाइरहेता पनि बजारमा भने अभावै रहेको स्थानिय सर्वसाधारण बताउछन् । कोहिले त हप्तौँ खोज्दा पनि मास्क पाउन नसकेको बताएका छन् ।
कोरियाली प्रहरीले मास्कको गैरकानुनी सप्लाई गर्नेहरु माथि कारवाही समेत सुरु गरेको छ । यसै सिलसिलामा हालै कोरियाली प्रहरीले करिव ४० हजार मास्क सहित २ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस