सोल-कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले हालै सार्वजनिक गरेको एउटा समाचार अनुसार कोरियामा फैलिएको कोरोना भाईरसको प्रमुख कारण भीडभाड रहेको छ ।
भीडभाड युक्त स्थानबाट हालसम्म फैलिएको संक्रमणको करिव ६६ प्रतिशत मानिसहरु रहेका छन् । कोरियामा फैलिएको कोरोना भाइरसको प्रभाव देशको दक्षिण पूर्वी शहर थेगुमा मुख्य रुपमा पाइएको छ ।
हाल सम्म कोरियामा संक्रमितहरुको संख्या ५३२८ पुगेको छ भने थेगु शहरमा मात्र ४००६ जना संक्रमित रहेका छन् । डेगुमा सङ्क्रमितहरु मध्ये २५८३ जना सिछन्जी सम्प्रदायका मानिसहरु रहेका छन् । स्मरण रहोस्, थेगु कोरियाको चौथो ठूलो शहर हो र यहाँ करिव २५ लाख मानिस बसोवास गर्दछन् ।
हाल कोरियाली सरकारले उक्त स्थानमा रहेका चर्च, सो सम्प्रदायका सम्पुर्ण मानिसहरु, उनीहरु भ्रमण गरेका स्थान, तिनिहरुको सम्पर्कमा आएका मानिसहरुको ब्यापक अनुसन्धान गर्दै स्वास्थ्य परिक्षण, क्वारेन्टाइन तथा आइसोलेसन जस्ता उपायहरु अवलम्बन गरिरहेको छ ।
कोरियाली स्वास्थ्य मन्त्रालयले शंकास्पद व्यक्तिहरु पहिचान गर्न क्रेडिट कार्ड, फोन ट्र्याकिङ तथा सिसिटिभि फुटेज लगायतको सहयोग लिइरहेको जानकारी समेत दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस