विश्वभर फैलिरहेको कोरोना भाइरसको प्रभावलाई कसरि कम गर्ने भन्ने बारे विश्वभर बहस भैरहेका छन् । कतिपय संस्था तथा कम्पनिहरुले कार्यावधिमा परिमार्जन गरेका छन् भने कतिपय संस्थाहरुले काम गर्ने अवधि घटाएका छन् त कतिपयले कम्पनि बन्द समेत गरेका छन् । यता विश्वभर प्रख्यात सामाजिक सञ्जाल ट्वीटरले भने आफ्ना कर्मचारीरुलाई घर बसेरै काम गर्न सक्ने वातावरण सृजना गरेको जनाएको छ ।
विश्वभर फैलिरहेकाे माहामारी कोरोनाका कारण हालसम्म करिव १ लाख बढी संक्रमित भएको तथा ३१ सय भन्दा बढीको ज्यान गइसकेको वर्तमान अवस्थामा आफ्नो सामाजिक जिम्मेवारी बहन गर्दै कम्पनिले आफ्ना कर्मचारीहरुलाई घर बसेरै काम गर्न सक्ने वातावरण मिलाएको जनाएको छ । यसो गर्दा भाइरस संक्रमणको त्राशलाई केही हद सम्म भएता पनि कम गर्न सहयोग पुग्ने कम्पनिको विश्वास छ ।
कोरोना संक्रमणकै कारण चीन बाहिर कोरियामा ५००० भन्दा बढी संक्रमित भएको तथा ३१ जनाको ज्यानै गइसकेको र विश्वभरका ७८ देशमा संक्रमण फैलिएको कारणले सबै जनता आफ्नो स्तरबाट संयमित तथा सतर्कता अपनाउन जरुरी भएका कारणले आफूहरुले त्यस्तो निर्णय लिएको कम्पनिका मानव श्रोत संसाधन व्यवस्थापक जेनिफर कृष्टीनले जानकारी दिएकी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस