काठमाडौँ– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विश्वभरी नै तीव्र सङ्क्रमणको रुपमा फैलिरहेको कोभिड–१९ को सम्भावित जोखिमबाट सचेत भई चिकित्सकीय सल्लाह अनुसार जीवनयापन गर्न सम्पूर्ण नेपाली समुदायलाई हार्दिक अपिल गरेको छ ।
राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै ढिलै भए पनि कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिद्वारा चैत ५ गते जारी भएका निर्णय सकारात्मक छन् भन्दै पार्टी समृद्ध सबै नेता कार्यकता र शुभेच्छुकलाई सतर्कतापूर्वक जोगिन र सुरक्षित तरिकाले सचेतना फैलाउने कार्यमा लाग्न आग्रह गरेका हुन् ।
अहिले देशभरी नै कोरोनाको नाममा कृत्रिम अभाव सिर्जना गरी व्यापक कालोबाजरी भइरहेकाले तत्काल यस प्रकारको अमावनीय गतिविधिलाई रोकी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न राजपाले सरकारसमक्ष जोडदार माग गरेको छ । राजपाले कोरोनाले पूरै विश्वभरीको अर्थतन्त्रलाई प्रभाव पारेकाले अहिले कलकारखाना पर्यटन व्यवसायी, उद्योगलगायत सबै प्रकारको व्यवसाय बन्द हुने अवस्थामा रहेको भन्दै विशेष प्याकेजको घोषणा गरी ऋणिहरुको केही महिनाको ब्याज मिनाहा गराउनसमेत सरकारसँग आग्रह गरेको छ ।
‘यस सङ्कटको घडीमा नागरिक समाज, पत्रकार, सामाजिक सङ्घ संस्था, सरकारी निकाय, बुद्धिजीवी युवा विद्यार्थी राजनीतिक दललगायत सरोकारवाला सबै एकजुट भई माहामारीबाट बच्न हातेमालो गर्न समेत गर्दछौँ’ राजपाको विज्ञप्तिमा भनिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस