सोल-कोरोना भाइरसका कारण दक्षिण कोरियाली मल्टी नेशनल कम्पनीहरुले आफ्ना समुद्रपारका उत्वादन प्लान्टहरु धमाधम बन्द गर्न थालेको शुक्रवार उनीहरुले एक सूचना मार्फत जानकारी दिएका हुन् ।
कोरियाको प्रतिष्ठित सामसुङ इलेक्ट्रोनिक्सले आफ्ना क्याम्पिनास तथा ब्राजिलमा रहेका उत्पादन प्लान्टहरु बन्द गर्ने जनाएको हो ।
कम्पनिले यस अघि नै मानाउसस्थित आफ्नो स्मार्टफोन बनाउने कारखाना बन्द गरिसकेको छ । कम्पनिका अनुसार ती कारखानाहरु आगामी २ हप्ता अर्थात अप्रिल १२ सम्म बन्द रहने छन् ।
यता अर्को इलेक्ट्रोनिक्स उत्पादक कम्पनि एल जी ले पनि अमेरिकाको टेनेसी स्थित आफ्नो वासिङ्ग मेसिन उत्पादन गर्ने कारखाना बन्द गर्ने भएको छ ।
भाइरसका कारण बन्द गरिने भएको उक्त कारखानाबाट मासिक एक लाख वासिङ्ग मेसिन उत्पादन हुँदै आएका छन् । कम्पनीका अनुसार उक्त कम्पनीमा हाल ६०० कामदारले काम गरिरहेका छन् ।
यता सन् २०११ बाट गाडी उत्पादन गरिरहेको निर्माता कम्पनी ह्युण्डाई मोटर्सले पनि सेन्ट पिटर्सवर्ग तथा रसियामा रहेका आफ्ना प्लान्टहरु आउदो सोमवारबाट बन्द गर्ने भएको छ । कम्पनिले वार्षिक २ लाख ३० हजार गाडी उत्पादन गर्दै आएको छ । यता कम्पनीले टर्कीस्थित आफ्नो प्लान्ट पनि बन्द गर्ने भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस