सोल-कोरियाली सरकारले कोरोना भाइरससंग लड्न आक्रामक रणनीति लिए सँगै उसको कोरोना विरुद्धको लडाँई थप प्रभावकारी बन्दै गएको छ ।
कोरियाली स्वास्थ्य मन्त्रालयका अनुसार कोरियाली सरकारले लिएको कडा स्वास्थ्य परिक्षण निति, सामाजिक दुरी कायम गर्न मानिसहरुले देखाएको उदारता आदिका कारण कोरोना विरुद्धको लडाँई थप सहज भएको हो ।
सोहि सामुहिक लडाँईका कारण कोरियामा औषतमा ५० प्रतिशत मानिसहरु कोरोना संक्रमणबाट मुक्त समेत भइसकेका छन् ।
कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार हालसम्म ४८११ जना पूर्ण स्वास्थ्य लाभ गरि घर फर्किसकेका छन् र शुक्रवार मात्र २८३ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्केका छन् ।
केन्द्रका अनुसार यो संख्या क्वारेन्टाइनमा राखिएका मानिस भन्दा बढी हो । हाल कोरियामा ४५२३ जना कोरोना संक्रमणका विरामीहरु क्वारेन्टाइनमा राखिएका छन् ।
५० प्रतिशत विरामीहरु निको हुनु खुसिको कुरा हो तर पनि अझ कोरोना विरुद्धको लडाइको यात्रा लामो रहेको कोरियाली जनस्वास्थ विभागका निर्देशक योन ताई हो ले बताएका छन् ।
यो सफलताको श्रेय कोरियाली जनताले देखाएको सामाजिक दुरी तथा धैर्यतालाई जाने बताउदै उनले माहामारी पूर्ण रुपले नियन्त्रण नहुन्जेल जनताबाट सोहि अनुरुपको व्यवाहार चाहेको पनि उल्लेख गरेका छन् । हाल सम्म कोरियामा कोरोना संक्रमणका कारण १४४ जनाले ज्यान गुमाइसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस