सोल-दक्षिण कोरियाली सरकार हाल कोरोना रोकथामका लागि आफ्नो सम्पूर्ण शक्ति लगाएर लागि परिरहेको छ ।
हालै प्रधानमन्त्री चुङ्ग सेइ क्युनले कोरोना संक्रमण नियन्त्रण उल्लङ्घन गर्ने विरुद्ध शुन्य सहनशीलताको निति समेत लिएको जानकारी दिएका थिए । तर हालै एक वेलायति नागरिक भने कोरियाली सरकारले लागु गरेको अनिवार्य सेल्फ आइसोलेशन नियम उल्लङ्घनको आरोपमा पक्राउ परेका छन् ।
कोरियाको सुवोन शहरमा अन्दाजी ३० बर्षका ति बेलायती नागरिक सेल्फ आइसोलेशन नियम उल्लङ्घनको आरोपमा पक्राउ परेका छन् ।
थाइल्याण्डबाट कोरिया पुगेका उनलाई अध्यागमन कक्षमा नै कोरियाली अधिकारीहरुले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न निर्देशन दिएका थिए ।
कोरियाली सरकारी अधिकारीका अनुसार कोरियामा सो नियम उल्लङ्घन गर्ने लाई १० मिलियन ओन अर्थात करिव ८१०० अमेरिकी डलर बरावरको जरिवाना तथा विदेशीको हकमा देश निकालासम्मको सजायको व्यवस्था रहेको छ ।
कोरिया प्रवेश लगत्तै उनी साथीको कार लिएर शहरका विभिन्न स्थानहरुको भ्रमण गरेका साथै थुप्रै इनडोर खेलहरु समेत खेलेका थिए ।
ट्राकिङ प्रविधिबाट उनलाई प्रहरीले पक्राउ गरि स्वास्थ्य परिक्षण गर्दा उनमा कोरोना संक्रमण पाइएको थियो । उनमा संक्रमण पाइए पश्चात प्रहरीले उनको सम्पर्कमा आएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा बस्न निर्देशन समेत दिएको छ ।
यता सुवोन शहरका मेयर योम ताइ योङ्गले उनीमाथि कानुनी कारवाही हुने तथा हाल उनी सिगोङ्गाम स्थित सिटिजन मेडिकल सेन्टरमा उपचाररत रहेको पनि जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस