रामपुर– पाल्पाको बगनासकाली गाउँपालिकाले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण फैलिन नदिन खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।
आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काममा खटिएका कर्मचारीको मनोबल उच्च पार्नका लागि प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । उनका अनुसार कोरोना भाइरस सङ्क्रमण नियन्त्रणको क्रममा जोखिम मोलेर सेवामा खटिएका कर्मचारीलाई तलव स्केलको २० प्रतिशत प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएको छ ।
“गाउँपालिकामा बसोबास गर्ने अति विपन्न नागरिकको वडा वडाबाट लगत सङ्कलन गरिने र समस्यामा परेका नागरिकलाई गाउँपालिकाले सहयोग गर्ने योजना छ”, उनले भने ।
कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले गाउँपालिका—१ स्थित ग्राम्य माविमा २० श्ययाको क्वारेन्टाइन कक्ष निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
यसैगरी निस्दी गाउँपालिकाले पनि कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।
कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काममा खटिएका कर्मचारीको ज्यान गएमा रु दश लाख क्षतिपूर्ति उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताएका छन् ।
विदेशबाट घर फर्केका नागरिकको तथ्याङ्क सङ्कलन र स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ । गौरी शङ्कर माध्यमिक विद्यालयमा १२ श्ययाको क्वारेन्टाइन कक्ष बनाइएको गाउँपालिकाले जनाएको छ ।
कोभिड— १९ ः गाउँ प्रवेशमा रोक
विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस ९कोभिड— १९० लाई न्यूनीकरण गर्न पाल्पाको निस्दी गाउँपालिका—६ अर्चले नारी भञ्ज्याङ्गमा प्रवेश गर्न रोक लगाइएको छ ।
लेकाली युवा क्लवको सक्रियतामा गाउँपालिकाको वडा नं ६ अर्चले नारी भञ्ज्याङ्ग टोलका स्थानीयवासीले गाउँमा अपरिचित व्यक्तिको प्रवेशमा रोक लगाएका हुन् । कोरोना भाइरस सङ्क्रमणबाट जोगिनका लागि नचिनेका तथा अपरिचित नयाँ व्यक्तिलाई गाउँभित्र प्रवेश गर्न रोक लगाएको र गाउँ प्रवेश गर्ने सीमानाकाहरु बन्द गराएको लेकाली युवा क्लवका अध्यक्ष अनिल रानाले बताए ।
“कोरोना भाइरसबाट बच्ने उपाय भनेको घरभित्रै बस्ने, एक अर्कासंग नजिक नहुने हो, एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्ने हुँदा लकडाउनका समयमा गाउँमा अपरिचित व्यक्ति कसैलाई पनि प्रवेश गर्न नदिने निर्णय भएको छ”, उनले भने ।
यहाँ ४४ घरपरिवार बसोबास गर्छन् । उनीहरु कोरना भाइरसको सङ्क्रमणबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने अभियानमा लागेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस